नेपालमा दुईदलीय व्यवस्था ल्याउन दिँदैनौँ : माधव नेपाल

नेपालमा दुईदलीय व्यवस्था ल्याउन दिँदैनौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले नेपालमा दुईदलीय व्यवस्था नआउने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “नेपालमा दुईदलीय व्यवस्था ल्याउन दिँदैनौँ,” नेपालले भने । उनले थपे, “दुईदलीय शासन ल्याउन खोजेको हो ? आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । 

यसलाई अझ समृद्ध बनाउन चाहन्छौँ,” उनले भने,”क्या मीठो बात छ ! संविधान संशोधन । राति हस्ताक्षर गर्ने हो ? के हो नियत ? ख्याल गर्नुस्, दुईदलीय व्यवस्था कसैले सहनेवाला छैन । सङ्घीय लोकतान्त्रिकलाई अझ समृद्ध बनाउँछौँ ।”