माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा प्रचण्डको आपत्ति

माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा प्रचण्डको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूले बोल्दा माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले संविधानसभाको व्याख्यात्मक टिप्पणी नभुल्न अनुरोध गरे । उनले माओवादी जनयुद्धभन्दा जातै जाला जस्तो गर्ने नेताबाट प्रवृत्ति बढेको उल्लेख गरे । 

“अहिले पनि नेताहरू बोल्दा हिसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जातै जाला जस्तै गर्नुहुन्छ । जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,” उनले भने । 

जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण भएको उल्लेख गरे ।