चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली

चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न सुझाव दिएका छन् ।

आज (मंगलबार) नेपाल युवा सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै उनले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न र बच्चाबच्ची पाइहाल्न सुझाव दिएका हुन् । उनले फ्यूचर जेनेरेशनको बारेमा पनि सोच्नुपर्ने भन्दै युवाहरुलाई उक्त सुझाव दिएका हुन् ।

उनले अहिले युवाहरुले ४० कटेसी रमाउँला भन्ने गीत गाउने गरेको बताउँदै उनले जनसंख्या झन घट्ने खतरा बढेको बताए ।

‘अहिले नेपालको जनसंख्या वृद्धिदर कम हुँदैछ । अब धेरै ढिलोमा पनि ५० वर्षपछि जेष्ठ नागरिकहरुको देश हुने खतरा बढ्दैछ । गीत गाउँछन्, ४० कटेसी रमाउँला भनेर । उमेर छउन्जेल विदेशतिर गइराखेका हुन्छन् । त्यसो भएपछि जनसंख्या झन घट्नेभयो । मेरो एउटा सुझाव छ । २०/३० वर्षभित्रको उमेरमा बिहे गर्नुस् । छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि अनि जबमा लागेपनि भयो, जे गरेपनि भयो । बाहिरफेर गएपनि भयो । छोराछोरी हुर्किँदैगर्छन् । फ्यूचर जेनेरेशनको कुरा गर्ने, पैसाले फ्यूचर हुन्छ ? फ्यूचरका लागि बालबच्चा चाहियो होला नि त ?’