यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह (सूचीसहित)

यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले ३४ स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।

आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको हो। आयोगले यस विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ। सरकारले मिति तोक्नुअघि नै मतदाता नामावलीमा नाम अद्यावधिक गर्न पनि आयोगले अह्वान गरेको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित विभिन्न स्थानीय तहका वडाअध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो।