रास्वपाले ०८४ मा कांग्रेस–एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ: गगन थापा

रास्वपाले ०८४ मा कांग्रेस–एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा लेखिएका कुराहरू जुनै सरकार आए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले समावेशी र समानुपातिक कुरा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । ‘हामी संविधानमा लेखिए पनि सरकारमा महिला र दलितलाई छुटाउँछौँ । दुई दल मिलेर राष्ट्रपति र उपराष्ट्रपति पनि पुरुष बनाउँछौँ ।

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ’, उनले भने, ‘प्रदेशका सरकार यसैगरी चलाउने हो भने कसरी हामी सफल हुन्छौँ ? संघीयतालाई यो भन्दा राम्रो बनाउने हो । त्यसैले हामीले अब सुधार्नै पर्छ ।’ उनले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको बताएका छन् । ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन’, उनले भने, ‘अहिले साथीहरू ठूला दलले कुरा मात्रै गर्छन् भन्छन् ।

०६४ सालमा माओवादी पनि ठूलो दल थियो । सानो ठूलो भन्ने कोही पनि हुँदैन । अहिले ठूला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ ।’