काठमाडौंका यी स्थानमा आज पाँच घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज पाँच घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ । 

बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायत क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।