जोरपाटीको धागो कारखानामा आगलागी

जोरपाटीको धागो कारखानामा आगलागी

काठमाडौं। काठमाडौंको जोरपाटीमा रहेको उन कारखानामा आगलागी भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ स्थित बुद्धिबहादुर कार्कीले संचालन गरेको हिमालयन उन कारखाना (मनकामना उल कार्डिङ प्रालि) मा आगलागी भएको हो।

आगलागी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको फोर्सका साथै पाँच वटा दलमकले आगो नियन्त्रणको प्रयास जारी राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

आगो करिव करिव नियन्त्रणमा आइसकेको र क्षतिको विवरण भने आउन बाँकी रहेको प्रवक्ता अधिकारीले बताए।