मर्निङवाक मै बाघको आक्रमण, घाइतेको अवस्था गम्भीर

मर्निङवाक मै बाघको आक्रमण, घाइतेको अवस्था गम्भीर

चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । मर्निङवाक क्रममा उनी बाघको आक्रमणमा परेका हुन् ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।