कोरोनाभाइरसको खोप बनाउन धनाढ्यको सहयोग

कोरोनाभाइरसको खोप बनाउन धनाढ्यको सहयोग

एजेन्सी: चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले माहामारिको रुप लिसकेको छ । कोरोना भाइरस अहिले संम १६ देशमा फैलिसकेको छ र यो रोगका कारण अहिल संम १७० जानाले आफनो ज्यान गुमाइसकेका छन् । यो देखेर जैक मा, अलीबाबाका संस्थापक र चीनका सबै भन्दा धनी मानिसले वुहानबाट फैलेको कोरोनाभाइरसको खोप पत्ता लगाउनको लागी आफ्नो फाउन्डेसनमार्फत १० करोड युआन (१४.४ मिलियन डलर) सहयोग गरेका छन् ।

ज्याक मा फाउंडेशनको सोशल मिडिया पोस्टका अनुसार चीनिया अरबपतिले दुई चिनियाँ सरकारी अनुसन्धान संस्थाहरूको लागि ४० मिलियन युआन (४.५ मिलियन डलर) सहयोग गर्ने भएको छ । ज्याक मा फाउंडेशनको बाँकी रकमहरु कोरोना भाइरसको रोकथाम र उपचारू का लागी प्रयोग हुनेछ भनेर ज्याक मा फाउन्डेसनले जनाएको छ ।

अझ यस फाउन्डेसनले भाइरसको केन्द्रबिन्दु रहेको वुहान र हुबेई प्रान्तका लागि मेडिकल आपूर्तिहरु किन्न ज्याक मा फाउन्डेसनले १ अर्ब युआन (१४४ मिलियन डलर) कोष पनि स्थापना गरिसकेको छ। कम्पनीले वैज्ञानिक अनुसन्धान संस्थाहरूलाई खोप वा उपचारको लागि सहयोग पुर्‍याउन नि:शुल्क एआई कम्प्युटिंग शक्ति पनि प्रदान गरिरहेको छ ।