जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक विमानस्थलबाटै पक्राउ

जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक विमानस्थलबाटै पक्राउ

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ । उनलाई धनगढी विमानस्थलमा उत्रिने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो । 

मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलाईन्सको जहाज ५० मिनेट ढिलोगरी धनगढीका लागि उडेको थियो । जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एक जनालाई जिस्काउन थाले । श्रीएयरलाइन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन् । एयरहोस्टेजले पटक–पटक सिटबेल्ट लगाउन भन्दा मानेन उल्टै जिस्काइरहे । त्यसपछि उनले सीटको ह्याण्डिल ९हातराख्ने ठाउँ० मा खुट्टा राखेर ग्यालरीमा हिँडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेय पदार्थ दिन आउने बेलामा एयरहोस्टेजलाई खुट्टा लाग्ने गरी अटेर गरिरहे । ‘तीनरचार पटक अनुरोध गर्दा पनि नमानेपछि एयरहोस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराइन् । त्यतिबेला काठमाडौंबाट जहाज आधा समय उडिसकेको थियो,ुस्टेशन म्यानेजर शाहीले भने ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाइभर्ट गर्नैपर्छ । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्,ुशाहीले भने, ‘तर, क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाइन्सको उडान नं। २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाइरहेका थिए । काठमाडौंमा जहाज चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोका नजिकै हुन्छ ।