काठमाडाैं। भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन्।
मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो। उद्धार कार्य जारी छ .तर भारी वर्षाका कारण तथा एक पुल भत्किदा उद्धार कार्यमा अवरोध भइरहेको बीबीसीले उल्लेख गरेको छ।
भारतीय सेनाले खोज र उद्धार कार्यमा सुरक्षा बललाई सहयोग गर्न दुई सयभन्दा बढी कर्मचारीलाई सो क्षेत्रमा खटाएको छ। कम्तीमा सय सय जना घाइतेको उपचार गरिरहेका स्थानीय अस्पतालहरूले जनाएका छन्। २ सय ५० जनालाई उद्धार गरिएको समाचार छ।