नेप्सेको उकालो यात्रा कायमै,  परिसूचक २५ सयको विन्दुमा

नेप्सेको उकालो यात्रा कायमै,  परिसूचक २५ सयको विन्दुमा

काठमाडौं । नेप्से परिसूचक २५ सय अंकमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन बजार ७५.३३ बढेर २५६३.४३ मा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिनको कारोबारमा नेप्सेमा दुई अंकको करेक्सन आएको थियो ।

यस दिन २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ । आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो ।