भारतमा कक्षा ४ अध्ययनरत विद्यार्थीमाथि देशद्रोह मुद्दा दायर

भारतमा कक्षा ४ अध्ययनरत विद्यार्थीमाथि देशद्रोह मुद्दा दायर

काठमाडौं : भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ ।नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनले आरोप लगाएको छ । नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको प्रहरीले दाबी गरेको छ ।