मैत्रीपूर्ण नेटबलमा भानुभक्त मेमोरियल विद्यालय विजयी

मैत्रीपूर्ण नेटबलमा भानुभक्त मेमोरियल विद्यालय विजयी

काठमाडौँ । भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ ।

काठमाडौँ पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यका व्यापी नेट बल प्रतियोगितामा आयोजक भानुभक्त भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोद‌य बालबाटीका र मल्पी सिटी स्कुलको सहभागिता रहेको थियो । 

प्रतियोगितामा भानुभक्तले मल्पी सिटी स्कुललाई पराजित गरेको थियो । उक्त कार्यक्रम  नेपाल नेटवल सङ्‌घका महासचिव दीपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको थियो । 

प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने बताए। कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्‌गानाले गरेकी थिइन ।  

कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र समेत वितरण गरी हौसला बढाइएको थियो ।