महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

काठमाडौं। जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ।

समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो। पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो। यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ।