यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । एसीसी वुमन्स एसिया कप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो । युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए ।

बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिए ।