सिमलताल पहिरो : भारतमा फेला पार्‍यो दुई वटा शव

सिमलताल पहिरो : भारतमा फेला पार्‍यो दुई वटा शव

काठमाडौं । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएकामध्ये अहिलेसम्म २३ जना मृत भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जना मृत भेटिएका हुन् ।

जसमा दुई जना भारतको पश्चिम चम्पारण बगाहामा मृत फेला परेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । मृतकमध्ये १४ जनाको सनाखत भएको छ भने ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ ।

असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।

सनाखत हुनेमा गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी, अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारी छन् । र, एन्जल बसमा सवार विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको सह प्रवक्ता थापाले बताए ।