७.३ म्याग्निच्युडको भूकम्पकाे धक्का

७.३ म्याग्निच्युडको भूकम्पकाे धक्का

स्यान्टियागो । चिलीको एन्टोफागास्तामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२८ किलोमिटर तल रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । 

भूकम्पबाट हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन । यसअघि गत जुन २९ मा पनि चिलीमा भूकम्प गएको थियो । त्यसबेला ५.२ म्याग्निच्युडको भूकम्प भएको जनाइएको छ।