काठमाडौं। आज देखि महिला एशिया कप शुरु हुँदै छ। आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिँदै छन्।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन्।
एशिया कपमा नेपाल समूह 'ए' मा रहेको छ। नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह 'ए' मा रहेको छ भने समूह 'बी' मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज अर्को खेल समुह समूह 'ए' कै भारत र पाकिस्तानबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुँदै छ।
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।