काठमाडौं । सेयर बजार खुलेको डेढ घण्टामा बिहीबार परिसूचक ८९ अंकले बढोत्तरी भएको छ ।
साताको अन्तिम कारोबारको दिन बजार दिउँसो १२ः३७ सम्म ८९.८५ अंकले बढेको हो । समग्र बजार परिसूचक यति बेला २४५४.४९ विन्दुमा कायम छ ।
कारोबार रकममा समेत निकै उत्साह देखिएको छ । यो अवधिसम्म ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, मेरो माइक्रो फाइनान्स, आँखुखोला जलविद्युत् आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।