कोरोना भाइरसका कारण जापान टुरिज्म कम्पनीलाई करोडौंको घाटा

कोरोना भाइरसका कारण जापान टुरिज्म कम्पनीलाई करोडौंको घाटा

एजेन्सी: जापानको टोकियोमा कामोममा ट्राभल एजेन्सी रहेको छ जुन बडिमा बडि चिनियाँ यात्रीहरूको लागि भ्रमण मा विशेषज्ञता राख्दछ। कोरोनाभाइरसका कारण यस ट्राभल एजेन्सीको व्यापारमा करोडौंको धक्का पर्न गएको छ।

आइतवार चीनले वुहान कोरोनाभाइरस जसले मुलुकमा ८२ जनाको ज्यान लिएको र २७०० संक्रमित भएको छ त्यसको फैलावट रोक्नको लागि युद्धको रूपमा बाहिरी समुहको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

यसै कारणले गर्दा फेब्रुअरी १० सम्म २०००० भन्दा बढी जापान भ्रमण चिनियाँ प्याकेज टुर ग्राहकहरुका लागी कामोमका कर्मचारीलाई रद्द गर्न सक्ने समस्या निम्त्याएको छ।

जापानको सर्वेक्षण अनुसार २०१९ मा चीनबाट करीव ९६ लाख पर्यटकहरु भित्रिएको र विदेशी पर्यटन खर्चमा एक तिहाइको हिसाब रहेको छ। ट्राभल प्रतिबन्ध लगाउने भएका कारण जापानको पर्यटन उद्योग र अर्थव्यवस्थामा धक्का पर्ने अनुमानहरू बढेको छ।

जापान नेशनल टुरिस्ट ऑर्गनाइजेशन (जेएनटीओ) का प्रवक्ता शिहो हिमुरोले भने, "हामी चिनियाँ पर्यटकको घटौंटिका बारेमा चिन्तित छौं, तर हामीले यसको निस्कर्स लिन सक्दैनौं किनकि यो (चिनियाँ) नीति कति लामो हुन्छ भन्नेमा निर्भर गर्दछ।"