अरूसँग सहवास गरेको भन्दै बिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

अरूसँग सहवास गरेको भन्दै बिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

दुबई । पतिले अरूसँग सहवास गरेको आरोप लगाउँदै दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले डिभोर्सको घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यसले घोषणा गरेकी हुन् । यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा ‘डियर हस्ब्यान्ड’ बाट सुरु गर्दै ‘तिमी अरूसँग सहवासमा रहेकाले हामीबीच डिभोर्स घोषणा गर्छु’ भनेकी छन् ।

अन्त्यमा ‘आई डिभोर्स यु’ तीनपटक लेख्दै उनले ‘आफ्नो ख्याल गर, तिम्रो पूर्वपत्नी’ लेखेर डिभोर्स घोषणा टुंग्याएकी छन् । उक्त घोषणापछि दुवैले आ–आफ्नो इन्स्टाग्रामबाट एकार्काको तस्बिर हटाएर एकार्कालाई ‘ब्लक’ गरेका जनाइएको छ ।

उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भएको थियो । २०२३ मे २८ मा विवाह भएको थियो । उनीहरूकी २ महिनाकी छोरी छिन् ।