रवि ओडले पाए वैवाहिक बलात्कारको मुद्दाबाट सफाइ

रवि ओडले पाए वैवाहिक बलात्कारको मुद्दाबाट सफाइ

काठमाडौँ । वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबर्जस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यस बेला उनी कामका दौरान विदेशमा थिए ।

 विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।