एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।

बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथदिइरहेको छ। एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन्।

एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन्।

छुटाउनुभयो कि ?