सिड्नी । एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।
आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष र ६ वर्षका बालकको मृत्यु भएको हो । साढे दुई वर्षको बालक गम्भीर अवस्थामा घरबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल लगे पनि बचाउन भने सकिएन । छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरेका थिए ।
घटनामा चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै बाँच्न सफल भएका छन्। २८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच जनाको ज्यान मार्ने प्रयास र सम्पत्ति नष्ट गरेको आरोप लाइएको छ। अस्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय सङ्कट’ घोषणा गरेको बेला यो खबर आएको हो ।