अफगानिस्तानमा विमान दुर्घटना

अफगानिस्तानमा विमान दुर्घटना

काठमाडौ : अफगानिस्तानमा सोमबार एक यात्रु वाहक विमान दुर्घटनामा परेको छ । पूर्वी गजनी प्रान्तमा दिउँसो विमान दुर्घटना भएको बताइएको छ । एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटना भएको भनिए पनि कम्पनीले भने आफ्नो विमान दुर्घटनामा नपरेको जनाएको छ ।

अफगानिस्तानको समाचार संस्था एरियानाको अनुसार हेरात विमानस्थलको कन्ट्रोल टावरकाले दुर्घटनामा परेको विमान एरियाना अफगान एयरलाइन्सको भएको उल्लेख गरेको जनाएको छ । विमानमा ११० जना रहेको र यो हेरातबाट दिल्लीका लागि उडेको पनि कन्ट्रोल टावरले जानकारी दिएको पनि अफगानिस्तानको समाचार संस्था एरियानाले उल्लेख गरेको छ । विमान दुर्घटनामा परेको क्षेत्र तालिबान नियन्त्रणमा रहेको क्षेत्र रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाको बारेमा यकिन जानकारी भने आइनसकेको बीबीसीले उल्लेख गरेको छ ।