गृहमन्त्रीलाई राप्रपाको चुनौतीः फाइल खोल्न खोजेकै भए लडाकु शिविरको खोल्नुस्, जीबी राई ल्याउनुस्

गृहमन्त्रीलाई राप्रपाको चुनौतीः फाइल खोल्न खोजेकै भए लडाकु शिविरको खोल्नुस्, जीबी राई ल्याउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन चुनौती दिएका छन् ।

भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको सार्वजनिक रुपमा बोल्दै आएपछि सांसद शाहीले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताउन आग्रह गरे । त्यसो गरेमा आफूले समर्थन गर्ने बताए ।

‘‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गछौँ ’’ उनले भने । आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको टिप्पणी गरे । जीबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई फूलमालाले स्वागत गर्ने सांसद शाहीले बताए ।

‘‘फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्याम यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ’’ उनले भने, ‘‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यही संसद्‌मा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोइ ?’