नेपालमा आफूले नचाहेको समीकरण बनेपछि ‘रअ’ प्रमुख परिवर्तन, देउवालाई प्रधानमन्त्री बनाउने प्रयास

नेपालमा आफूले नचाहेको समीकरण बनेपछि ‘रअ’ प्रमुख परिवर्तन, देउवालाई प्रधानमन्त्री बनाउने प्रयास

काठमाडौँ । भारतीय गुप्तर एजेन्सी ‘रअ’ को नेपाल प्रमुख फेरिएका छन्। ‘रअ’ का नेपाल प्रमुख राघव पी भट्नागरको ठाउँमा अंशु शर्मा आफ्नो कमान्ड सम्हाल्न हिजै काठमाडौँ आइपुगेका छन्।

यसअघि भारतमा ‘रअ’ नेपाल डेस्क हेर्ने अंशु शर्मा अमेरिकास्थित भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरिसकेका छन्। नेपालमा आफूले नचाहेको राजनीतिक समीकरण बनेपछि भारतले हतारमा रअ प्रमुख फेरेको हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको हेर्न चाहेका थिएनन्। उनको चाहना फेरि कांग्रेस र माओवादीसहितको समीकरण बनाउने थियो। तर अचानक नेपालमा कांग्रेस र एमालेको समीकरण मात्र बनेन्, एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने वातावरण बन्यो । लगत्तै रअको भूमिकामा प्रश्न उठाउँदै नेपाल प्रमुख फेरिएका हुन्। 

यता भारतकै चाहना अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको  मत लिन खोजेको स्रोतको दाबी छ। अझै पनि भारतको प्रयास माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेतर्फ केन्द्रित रहेको बताइन्छ।