६२औं ग्र्यामी अवार्ड, हेर्नुहोस फोटो फिचरमा

६२औं ग्र्यामी अवार्ड, हेर्नुहोस फोटो फिचरमा

एजेन्सी:संगीत क्षेत्रको सबै भन्दा ठूलो र प्रतिष्ठित अवार्ड सो हो ग्र्यामी अवार्ड । यस अवार्डको ६२ औं संस्करण लस एन्जलसको स्टेपल्स सेन्टरमा गएराती निकै भव्यका साथ सम्पर्ण भएको थियो । ग्र्यामी अवार्ड संचालनको जिमा 'सि इज जस्ट अ गर्ल एण्ड सि इज ओन फाएर' गितकी गायिका अलीशा किजलाई दिईएको थियो ।

ग्र्यामी अवार्ड सोमा बिभिन्न नाम चलेका गायक, गायिकाहरुले आफनो प्रस्तुति पनि देखाएका थिए । उक्त अवार्ड सोमा बिभिन्न गायिका तथा सेलिब्रेटिहरुले निकै राम्रो पहिरणहरु लगाएर आफनो फेसन पनि देखाएका थिए ।बिली इलिश ले स्टेपल्स सेन्टरमा ६२ औं वार्षिक ग्र्यामी अवार्डमा ठूलो जीत हासिल गरिन् । बिली इलिशले सर्वश्रेष्ठ नयाँ कलाकार, वर्षको सर्वश्रेष्ठ गित, रेकर्ड अफ द इयर र एल्बम अफ द इयर गरी सबै चार प्रमुख बिधाका अवर्डहरु आफनो पक्षमा पारेकि छन्।