एटीएम मेसिन फोड्दा–फोड्दै युवक पक्राउ

एटीएम मेसिन फोड्दा–फोड्दै युवक पक्राउ

पोखरा । पोखरामा एटीएम मेसिन फोड्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको हो।

ती युवक धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेको प्रहरीले जनाएको छ।