पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ । सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरमा सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार छुट्ने गाडी ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माका अनुसार सडक खुलाउने प्रयास गरे पनि ठूलो पानी परेका कारण  समस्या भैरहेको छ ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा सम्पर्क बिच्छेद भएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले जानकारी दिए ।