समुद्रमा भेटिएको मदिरा पिउँदा चार जनाको ज्यान गयो, अन्य दुई गम्भिर बिरामी

समुद्रमा भेटिएको मदिरा पिउँदा चार जनाको ज्यान गयो, अन्य दुई गम्भिर बिरामी

काठमाडौं । समुद्रमा भेटिएको बोतलको तरल पदार्थ पिउँदा श्रीलंकामा चार जनाको मृत्यु भएको छ । महँगो मदिरा ठानेर पिउँदा अन्य दुई जना गम्भिर घाइते भएका छन् ।

डुंगा लिएर माछा मार्न गएका उनीहरुले समुद्रमा तैरिरहेको अवस्थामा तरल पदार्थले भरिएका बोतलहरु भेटेका थिए । श्रीलंकाको दक्षिणी तटमा रहेको सहर टांगालेबाट करिब ३२० माइलको दूरीमा उनीहरुले बोतल भेटेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

श्रीलंकाको मत्स्यपालन विभागका महानिर्देशक सुसान्था कहावाट्टेले नौसेनाले उनीहरूलाई किनारमा ल्याइएको जानकारी दिए । उनीहरुले भेटेका मध्ये केही बोतल माछा मार्ने अन्य समूहलाई पनि बाँडेका थिए ।

मदिरा ठानेर अन्यले पनि सेवन गर्लान् भनेर सरकारले उनीहरुलाई जानकारी सन्देश पठाइसकेको कहावाट्टेले बताए । सरकारी अधिकारीहरूले बोतलको सामग्रीको अनुसन्धान सुरु गरेको छ ।