काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट कायमै रहेको छ । आज नेप्से परिसूचक ८.२४ अंक घटेको छ । बिहीबार नेप्से परिसूचक ०.४० प्रतिशतले घटेर २०५१.९२ विन्दुमा बन्द भएको हो ।
आज ४७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ । तीन अर्ब ७१ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
यसदिन त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । वाणिज्य बैंकको परिसूचक भने स्थिर छ । बाँकी समूहको परिसूचक घटेको छ ।
आज सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ ।