गण्डकीका सांसद देवकोटालाई किन लगाइयो संसद प्रवेशमा रोक ?

गण्डकीका सांसद देवकोटालाई किन लगाइयो संसद प्रवेशमा रोक ?

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । उनलाई मर्यादा पालकले बाहिरै रोकेका छन् ।

ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओजवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए । सांसद देवकोटाले भने, ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु।’