जहाँ पुरुषको मृत्यु भए महिलाको हातको औँला काटिन्छ

जहाँ पुरुषको मृत्यु भए महिलाको हातको औँला काटिन्छ

जकार्ता ।​ संसारभरका कैयौं देश र सभ्यतामा आज पनि सदियौं पुरातन मान्यता कायम छन्। यी मान्यताले कहिलकाहीँ मानिसलाई अचम्भित र हैरान पार्छन् भने केहीले डर पैदा गरिदिन्छ। 

हामीलाई यस्ता रीति रिवाज विचित्र लागे पनि आदिवासीहरूका लागि यो मान्यता निकै विशेष हुन्छ। यस्तै एउटा मान्यता इन्डोनेशियाको दानी आदिवासीमा प्रचलित छ, जसको बारेमा सुन्दा हाम्रो आङ सिरिङ्ग हुन्छ। यो दानी जातिका महिलाहरू आफ्ना प्रियजनको मृत्यु हुँदा स्वयंलाई सजाय दिन्छन्। 

महिलाले काट्छन् शरीरको एउटा अंग

यहाँ परिवारका महिलाहरू कुनै प्रियजन वा आफन्तको निधनपछि तिनको सम्मान र शोकको संकेतको रूपमा आफ्नो औंलाको माथिल्लो भाग काट्नुपर्छ। उनीहरू आनाकानी नगरीकन यसो गर्छन्। यो प्रथाको उद्देश्य पीडाको प्रतीक मानिन्छ जुन कुनै प्रियजनलाई गुमाएपछि महसुस हुन्छ। यसैप्रकार यो जातिमा कैयौँ मान्छेहरू प्रायजसो आफ्नो जीवनकालमा आफ्ना लगभग सबैजसो औँला काट्छन्।

छिमेकी देश सिंगापुरका फोटोग्राफर तेह हान लिनले चार दिनको अवधिमा यो जनजातिका कैयौं तस्वीर कैद गरेको डेली मेलको समाचारमा उल्लेख छ।  ​

पुरुषहरू लगाउँछन् पारम्परिक ‘कोटेका’
दानी निकै अनुपम जाति हो। ‘विशेषगरी उनीहरूको पारम्परिक ‘कोटेका’ (पुरुषहरूद्वारा निजी अंग छोप्न लगाइने वस्त्र) लगाउने र जीवन बाँच्ने तरिका अद्वितीय देखिन्छ’‚ फोटोग्राफर तेह हान लिनले भने।