केबल ६ दिनमै १००० बेड क्षमताको अस्पताल निमार्ण हँदै

केबल ६ दिनमै १००० बेड क्षमताको अस्पताल निमार्ण हँदै

एजेन्सी : साधरणतया अस्पताल बनाउन काम सुरु गर्यो भने कति समयमा अस्पताल को काम सम्पुर्ण होला एक वा दुई वर्षमा । नेपालमा अझ धेरै समय लाग्न सक्छ । तर चिनले १००० बेड क्षमताको अस्पताल मात्र ६ दिनमै सक्काउन लागी परेको छ । कोरोना भाइरसको बिरामिहरुलाई तेस अस्पतालमा राखेर उपचार गरिने बताईएको छ ।

चिनियाँ मिडिया द्धारा अनलाइन पोष्ट गरिएको भिडियो फुटेजका अनुसार २५,००० वर्ग मिटर (२६९००० वर्ग फीट) मा बन्ने सो अस्पतालमा कमदारहरुले काम सुरु गरेको देख्न सकिन्छ । अस्पतालको सम्पुर्ण काम चिन सरकारले ६ दिनमा सकाउन निर्देशन दिइएको छ । यो मूलत क्वारन्टेन्ड अस्पताल हुनेछ ।

जहाँ संक्रमण भएका मानिसहरूलाई पठाईनेछ र उनिहरुको उच्च सुरक्षा र सावधानिकपूर्वका साथ उपचार गरिनेछ । कोरोना भाइरसको प्रकोप वुहान शहरबाट सुरु भएको हो । वुहान शहरमा करिब ११ करोड मानिहरु बसोबास गर्दै आइरहेका छन् । कोरोना भाइरसको संक्रामण हाल संम्म ८३० जनामा देखा परेको छ भने ४१ जनाले कोरोना भाइरसका कारण आफ्नो ज्यान गुमाई सकेका छन् ।