जीबी राईलाई नेपाल ल्याउन प्रयासरत रहेको गृहमन्त्री लामिछानेको दाबी

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत रहेको गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगिमा संलग्न जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन प्रयास भइरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै राईलाई मलेसियाबाट ल्याउन नेपाल र मलेसिया सरकारबीच निरन्तर छलफल भइरहेको जानकारी दिए। उनले जीबी राइको पक्राउ आफ्नो व्यग्र प्रतिक्षाको विषय भएको भन्दै कुटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे।

उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्र समेत पठाइसकेको जानकारी दिए। राई फरार रहेको आठ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातालबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए।

त्यस्तै उनले विभिन्न प्रकरणका फाइलहरु आफुले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए। लामिछानेले गिरिबन्धु प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो उजुरीको प्रतिक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे।

उनले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक, बाँसबारी जुता लगायतका फाइलहरु खुलेको पनि बताए।