युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा

युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं। युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको हो।

शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३-० गोलको सहज जित हासिल गरेको हो। पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो।

यो जितसँगै समूह एफमा पोर्चुगलको दुई खेलमा ६ अंक भएको छ। टर्कीको दुई खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ। समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन्।