क्रिकेटर लामिछाने विश्वकपमा सहभागी भएर स्वदेश फर्किए

क्रिकेटर लामिछाने विश्वकपमा सहभागी भएर स्वदेश फर्किए

काठमाडौं।  आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन्।

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्। नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए। उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए।

उनले बिभिन्न कारणले आफु केहि समय क्रिकेटबाट बाहिर रहेपछि अब निरन्तर रुपमा लागिपर्ने बताए।