टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, १४ सय भन्दा बढी घाईते

टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, १४ सय भन्दा बढी घाईते

काठमाण्डौ : टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । १४ सय भन्दा बढी घाइते भएका छन् । केहीको अबस्था गम्भीर रहेको छ । भग्नावशेषमा पुरिएका ४३ जनाको उद्धार गरिएको छ भने २० जनाको उद्धारको प्रयास भैरहेको र अझै केही च्यापिएको अबस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।

एलाजिग प्रान्तको सिभ्रिस शहरलाई केन्द्रविन्दु बनाएर हिजो ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको छ । उद्धार र राहतका कामहरु भैरहेको छ । भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो । भूकम्पपछि ४ सय भन्दा बढी पराकम्प गएको बताइएको छ । यसअघि भूकम्प गइरहने क्षेत्रमा पर्ने टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार भन्दा बढीको मृत्यु भएको थियो