ट्रम्पलाई चुनाब प्रचारको लागि एउटै व्यक्तिले दिए ५ करोड डलर चन्दा

ट्रम्पलाई चुनाब प्रचारको लागि एउटै व्यक्तिले दिए ५ करोड डलर चन्दा

काठमाडौं । अर्बपति टिमोथी मेलनले एक्लै डोनाल्ड ट्रम्पको राष्ट्रपति चुनाव अभियानका लागि ५ करोड डलर चन्दा दिएका छन् ।

ट्रम्पको लागि काम गर्ने “एमएजीए इंक” नामक अति धनी कोषले संघीय निर्वाचन आयोगलाई गत महिना मानिसहरूबाट ६८ मिलियन डलर भन्दा बढी चन्दा लिएको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन्।

अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा पठाएका हुन् ।

मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरलाई अधिकतम २० मिलियन डलर पनि दान गरेका छन्।

मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनभन्दा बढी खर्च गरेको छ।