१५ लाखसहित पक्राउ परेका नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै गायब

१५ लाखसहित पक्राउ परेका नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै गायब

जनकपुरधाम । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् ।

फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन् । ‘रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

राय फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरवाही देखिएको छ । लापरवाही ढाकछोप गर्न सशस्त्र प्रहरीले घटना बाहिर ल्याउन चाहेका छैनन् ‌। उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी एसपी दिलीप घिमिरेले घटनाबारे थाहा नभएको बताएका छन् ।