जलेर ध्वस्त भयो बुटवलको डेल्टा कम्प्लेक्स

जलेर ध्वस्त भयो बुटवलको डेल्टा कम्प्लेक्स

काठमाडौं। बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स आगलागीबाट पूर्णरुपमा क्षति भएको छ। बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगलागीका कारण कम्प्लेक्स पूर्णरुपमा क्षति भएको हो।

१२ वटा दमकलले ५ घन्टापछि आगो नियन्त्रणमा लिए पनि कम्प्लेक्सका सबै तलामा रहेका सामान जलेर नष्ट भएका छन्। कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो पुरै भवनमा फैलिएको थियो।

प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरेको छ। क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले बताएको छ।

आगो नियन्त्रणमा लिनका लागि बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाको संयुक्त गरी १२ दमकल परिचालित गरिएको थियो। आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो।