विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु, ६० घाइते

विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु, ६० घाइते

नयाँ दिल्ली । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने ६० भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार ती व्यक्तिले प्याकेटमा पाइने मदिरा सेवन गरेका थिए।

गत जुन १८ गते कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर थिए। मदिरा सेवन गरेपछि राति नै यी व्यक्तिलाई पखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुने समस्या देखिन थालेको छ।

प्रहरीले यस मामिलामा एक जना के कन्नुकुटी ९४९० लाई पक्राउ गरेको छ। उनको साथबाट मिथानोल मिसाइएको करिब दुई सय लिटर विषाक्त मदिरा बरामद भएको छ। कल्लाकुरिचीमा १२ वटा एम्बुलेन्स तैनाथ छन् । प्रहरीका अनुसार मृतकको पोष्टमार्टम भइरहेको छ। रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ। उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।