काठमाडौं। संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ। अन्य संवैधानिक चार वटा रिक्त पदमा नियुक्तिका सम्बन्धमा छलफल भएपनि निर्णय भने भएन।