पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । अरु १२ जना घाइते भएका छन् । 

सो गाडीमा २६ जना यात्रु सवार थिए । सो ट्राभलर गाडी गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको बताइएको छ । यस घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको र ३ जनाको सनाखत हुन नसकेको बताइएको छ ।