पानी माग्दै  राजधानीको बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन  (तस्बिरहरू)

पानी माग्दै  राजधानीको बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन  (तस्बिरहरू)

काठमाडौँ । चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान गर्न माग गर्दै चुरे क्षेत्रका बासिन्दाले काठमाडौँमा आन्दोलन गरेका छन् ।

शुक्रबार नयाँबानेश्वर क्षेत्रमा चुरे वासीले चुरेको संरक्षण गर्न र आफूहरूलाई पानीको व्यवस्था गर्न माग गरेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्बिर रहेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा उनीहरुले तपाईं कहाँ रु हामी यहाँ, सरकार पानी देऊलगायतका नारा लगाएका थिए ।