दुई नाबालक छोरासहित आमा मृत फेला

दुई नाबालक छोरासहित आमा मृत फेला

झापा । झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेको छ ।

शिवसताक्षी नगरपालिका–३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए  । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।  चिकित्सक र प्रहरी टोली घटनास्थल गइरहेको जनाइएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।