समुद्र तटमा बालबालिकाले गरे यस्तो काम, आमालाई १ करोड १७ लाख जरिवाना

समुद्र तटमा बालबालिकाले गरे यस्तो काम, आमालाई १ करोड १७ लाख जरिवाना

काठमाडौं । एउटी महिला आफ्ना छोराछोरी लिएर समुद्र तटमा घुम्न गएकी थिइन् । बच्चाहरूले समुद्र तटमा यस्तो काम गरे कि महिलालाई १ करोड १७ लाख रूपैयाँ (८८ हजार डलर) जरिवाना तिर्न भनियो।

घटना अमेरिकाको क्यालिफोर्नियाको हो । उनका छोराछोरीले समुद्री सिपी सम्झेर ७२ वटा क्ल्याम समुन्द्रको किनारबाट जम्मा गरेको आरोप छ। शार्लोट रस र उनका छोराछोरी पिस्मो बीचमा गएका थिए । यो घटना त्यहीँ भएको हो ।

यो समुद्र तट विश्वको क्ल्याम क्यापिटलको रूपमा प्रसिद्ध छ। चार्लोट त्यतिबेला छक्क परिन् जब माछा र वन्यजन्तु विभागका अधिकारीले उनलाई रसिद दिए र भने कि उनका पाँच बच्चाहरूले लाइसेन्स बिना क्ल्यामहरू संकलन गरेका छन् ।

“मेरा बच्चाहरूले सोचेका थिए कि तिनीहरूले समुद्री सिपीहरू सङ्कलन गरिरहेका छन्, तर तिनीहरूले वास्तवमा क्ल्यामहरू सङ्कलन गरिरहेका थिए” रसले भनिन् “हामी जानुअघि टिकट देख्दा म छक्क परें जसमा मलाई जरिवाना तिर्न भनिएको थियो । यसले मलाई साँच्चै दुःखी र निराश बनायो।”

सिपीहरू अक्सर पानीसँग तैरिन्छन्। तिनीहरूलाई लिन कुनै समस्या हुँदैन। तर क्ल्याम धेरै खोजी गरेपछि मात्रै पाइन्छ । सिपी मरिसकेका जीवको बाहिरी कडा खोल मात्र हो भने क्ल्याममा जीवित जीवहरू हुन्छन् र ती जीव क्ल्याम खोल्दा मर्न सक्नछन् ।

द इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार सान लुइस ओबिस्पो काउन्टीका न्यायाधीशलाई आफ्नो गल्ती बुझाएपछि महिलाको जरिवाना घटाएर ५०० डलर गरिएको छ।

यी नियमहरू यी प्रजातिहरूको सुरक्षाको लागि लागू गरिएको हो। माछा तथा वन्यजन्तु विभागका लेफ्टिनेन्ट म्याथ्यु गिललाई उद्धृत गर्दै उक्त इन्डिपेन्डेन्टले भनेको छ, ‘यी नियमहरू यसकारण बनाइएका हुन् ताकि शेलफिसहरू साढे चार इन्चसम्म बढ्न सकुन् र प्रत्येक वर्ष अण्डा पार्न र सन्तान उत्पादन गर्न सकुन् ।’