नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त

नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन्।

त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यही भूमिका निरन्तर रहेका छन्।

डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन्। डाेभल भारतले नेपालमा लगाएकाे ६ महिना लामाे नाकाबन्दीकाे सुत्रधार मानिन्छन्।